जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ११:१८

महालक्ष्मी विकास बैंकको लाहानमा नयाँ शाखा


काठमाण्डौं, बैशाख २९

महालक्ष्मी विकास बैंक लि. ले सिरहा जिल्ला, लहान नगरपालिकामा लहान शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । उक्तशाखाको समुद्घाटन लहान नगरपालिका मेयर मुन्नी साह सुडीले गर्नुभएको हो ।

बैँकका सहायक प्रमुखकार्यकारी अधिकृत जलजकुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञताज्ञापन गर्नुभएको थियो । साथै वहाँले े आफ्नाग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधनगर्दै आएको जानकारी दिँदै आगामीदिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।

देशकाशहरी तथाग्रामीण क्षेत्रमाविभिन्न स्थानहरुमा ९३ वटाशाखा तथा ३५ वटाएटिएमहरु मार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दाबढी रहेको छ ।