जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १३:४८

काठमाण्डौं मल घोटला प्रकरणः हजारको अडिट रिपोर्ट देखाएर करोडको कारोबार


काठमाण्डौं, बैशाख ३०

काठमाण्डौ मल घोटलाकाण्डको प्रारम्भीक छानविनमा केहि तथ्याङक देखापरेको छ । छानविनमाको क्रममा अडिट रिपोर्टमा हजारको कारोबार देखाए पनि करोडौको भएको भेटिएको हो ।
द काठमाण्डौं मल व्यपार संघले ४४ हजारको अडीट रिर्पोट पेस गरेकोमा करोडौ कारोबार भएको पाईएको छ । कुमारी बंैक खाता नंम्बर ०५०१५२४१५१६३३०१८मा करोडौंको कारोबार भएको हो ।
कुमारी बैंकको खाताबाट विभिन्न समयमा २ करोड ३२ लाख रुपैयाँ संचयकोष लाई गुड फर पेमेन्ट , कमलेस शेर्पा ६० हजार,प्रविर सम्शेर जवरा ५ लाख,मधुसुधनआचार्य १६ लाख,२ करोड ३२ लाख गुड फर पेमेन्ट ,७ लाख ७३ हजार गुडफर पेमेन्ट ,मधुसुधनआचार्य ५० हजार, गुडफर पेमेन्ट २ करोड ३२ लाख ५ सय गुडफर पेमेन्ट ,खेम विक्रम शेन २ लाख, गुडफर पेमेन्ट १ करोड ५४ लाख ६७ हजार १६४,गुडफर पेमेन्ट ३५ लाख ५ सय,निरज अधिकारी १ लाख ३३ हजार ३ सय ३२,गुडफर पेमेन्ट २० लाख ५ सय,गुडफर गुडफर पेमेन्ट २० लाख ५ सय, सममिर उदेन शेख ५लाख,युवराज कडेल ३ लाख,सममिर उदेन शेख १८ लाख, प्रकाशथापा १२ लाख ,मधुसुधन आचार्य ३ लाख,प्रकाश थापा १लाख ४ हजार,मधुसुधन आचार्य २५ लाख झिकेको देखिन्छ ।

त्यस्तै सेनर्जि फाइनान्स खाता नं १०६०००१९–६ वाट प्रकाश थापा ६ लाख २२ हजार गोविन्द पन्थ २ लाख,मधुसुधन आचार्य ५ लाख, विकाल वास्टाकोटी ७८ हजार, युवराज कडेल १लाख,विकाल बास्टाकोटी १५ हजार ७ सय २५, समिर २ लाख, राजन के श्रेष्ठ २३ लाख,निरज अधिकारी ५ लाख,समिर ४ लाख,प्रकाश थापा ६लाख,मधु सुधनआचार्य २ लाख,प्रकाश थापा १ लाख ५४ हजार,समिर ५० हजार,केशव सापकोटा १ लाख २५ हजार,सन्तोस अधिकारी ३० लाख ७५ हजार,भिम कोइराला २५ लाख ३३ हजार ३ सय ३२,केशव १ लाख गरी ब्यापार संघकै पदाधीकारीहरुले करोडो निकाली हिनामिना गरेको देखिन्छ ।


केहि समय अघि द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महरा र सल्लाहकार उज्जल जंग शाहले मलमा भएको घोटलाको विषय उठाउँदा उहाँहरुमाथि आक्रमण भएको थियो । उहाँहरुले जिल्ला प्रशासन कार्यलय ,अख्तियार र लेखा समितिमा उजुरीको गरेको भन्दै बैशाख ३ गते   धादिङका प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठलगाएतकाे ग्याङले आक्रमण गरेको अध्यक्ष सुषमा महराले बताउनु भएको छ ।

काठमाण्डौं मलको सञ्चालन जिम्मा संचयकोषले लिएपछि काठमाण्डौं मलका बाहिरी टहरा खाली गर्न तथा मल भित्रका व्यपारीलाई हटाई कर्पोरेट अफिसहरु राख्ने योजनाका विरुद्ध सुषमा महराको नेतृत्वमा तदर्थ समिती गठन भयो । द काठमाण्डौं मल व्यपार संघ अध्यक्ष सुषमा महराले १५ वर्षको टेन्डर पारी आएका काठमाण्डौं मलका व्यवसायीलाई विना क्षतिपुर्ति हटाउन नमिल्ने भन्दै सञ्चय कोषमा समेत धर्ना समेत दिनु भएको थियो । उहाँले काठमाण्डौं मलका व्यवसायीको हितमा आन्दोलन गर्दै गर्दा काठमाडौं मलका पुराना ठेकेदार प्रविर शमशेरले द काठमाण्डौं व्यापार संघ मार्फत साँढे १२ करोड भन्दा बढी रकम पाउनु पर्ने अदालतको निर्णयसहितको पत्र लिएर आएपछि काठमाण्डौं मलमा हंगामा फैलिएको थियो । पत्र आएपछि हालको संघमा आवद्ध पुराना सदस्यहरुले राजिनामा दिएका थिए ।

२०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र प्रविर शमसेर राणाबीच सम्झौता भई मलको भाडा द काठमाडौं मल व्यापार संघले कर्मचारी संचय कोषलाई बुझाउने सहमति भएको थियो जुन संचय कोषले समेत स्वीकार गरी सकेको थियो । तर व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाउने सहमति भए पनि पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैयाँ कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा पाटन अदालत मुद्दा हालेको थियो ।
२०७१ मंसीर ५ देखि २०७२ असोज १२ सम्म द काठमाडौं मल व्यापार संघले बाहाल बापत उठाएको तर संचय कोषलाई नदिएको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणाले द काठमाडौं मल व्यपार संघका सुषमा महराको नाममा पत्र काट्नु भएको थियो ।