काठमाण्डौं, बैशाख ३०
सेञ्चुरी बैंकले नेपाल सरकारको सबै नेपालीको बैंक खाता तथा वित्तिय साक्षरताकोको कार्यक्रमलाई महत्व दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउँगाउँमा साक्षरता अभियान सुरु गरेको छ ।
यसै क्रममा पनौती नगरपालिका र बेथानचोक गाँंपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा बैशाख २८ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारीका दिएका बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतको सो कार्यक्रममा २०० जना भन्दा बढीको सहभागीमा पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिनुभयो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्