जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १२:४०

सुनको मुल्य ह्वातै बढ्यो, तोलामै यति महंगो


काठमाडौं, पुष १८

सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार बढेर ७४ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोलामा १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि गत भदौ १८ मा सुनको भाउ प्रतितोलाको ७३ हजार ५०० रुपैयाँ पुगेर घटेको थियो ।