गोरखा, कात्तिक २८ । गोरखाको धार्चे गाउँपालिका–१ यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान ९ बजे उक्त स्थानमा पहिरो खसेको हो ।
पहिरोका कारण उक्त क्षेत्रमा बाटो बन्द रहेकाले मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिनुभएकाे छ । पहिरोबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।
पहिरोका कारण केही ढुङ्गा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको बत्ताइएको छ ।
पहिरो खसेपछि स्थानीय क्षेत्रमा सतर्कता अपनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।














प्रतिक्रिया दिनुहोस्