जनता टाइम्स

२८ कार्तिक २०८३, शनिबार १२:१५

चीन भ्रमणमा जानुअघि रास्वपा सांसदले गरे सभापति रवि लामिछानेसँग भेट


काठमाडौं, कात्तिक २८ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

चीन भ्रमणका क्रममा हुने भेटघाट, छलफल तथा भ्रमणका एजेन्डाका विषयमा आवश्यक सल्लाह र परामर्श लिन प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरेको हो ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भाेलिदेखि चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

यसअघि उक्त प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गरेको थियो । सीपीसीको औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमणलाई दुई पार्टीबीचको सम्बन्ध, आपसी समझदारी तथा अनुभव आदानप्रदानका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।