काठमाडौं, कात्तिक २८ । नेकपा एमाले बागमती प्रदेश कमिटीको पूर्ण बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज सम्पन्न भएको छ।
बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो। साथै पार्टीले अघि बढाउने आन्दोलनका कार्यक्रम तथा आगामी निर्वाचनलाई लक्षित गरी विभिन्न कार्ययोजनाबारे समेत छलफल भएको जनाइएको छ।
बैठकमा प्रदेशअन्तर्गतका जिल्ला अध्यक्षहरूले आ–आफ्नो जिल्लाको राजनीतिक तथा सङ्गठनात्मक अवस्थाबारे जानकारी गराउनु भएको थियो। उहाँहरूले जिल्लामा पार्टीको वर्तमान अवस्था, सङ्गठनात्मक गतिविधि तथा आगामी कार्यदिशाबारे धारणा प्रस्तुत गर्नु भएको थिए।

बैठकले पार्टीको सङ्गठन सुदृढीकरण, आन्दोलनका कार्यक्रम र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै विभिन्न विषयमा छलफल तथा योजना निर्माण गरेको छ।
बैठकमा प्रदेश इन्चार्ज पार्टी सचिव महेश बस्नेत, प्रदेश भूगोलका केन्द्रीय सदस्यहरू, पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरू, भूगोलका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो।














प्रतिक्रिया दिनुहोस्