जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १४:१७

इन्भेष्टमेण्ट बैंकको ८० औं शाखा देवानगंज गाँउपालिकामा


काठमाण्डौं,बैशाख ३०

नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवान गंज गाँउपालिकामा आफ्नो ८० औं शाखाविस्तार गरेको छ । देवानगंज गाँउपालिकाको शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंक परिसर भित्रै केही समयमा नै एटिएम सेवापनि संचालनमा ल्याइँदैछ । शाखाको देवानगंज गाँउपालिकाका उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको जनाएको छ ।

हालबैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा,एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलनकेन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।