जनता टाइम्स

१९ पुष २०७६, शनिबार १५:५९

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका १४ मात्र उम्मेदवार, कर्णालीमा विवाद


काठमाडौं, पुष १९

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट १४ जना उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

कर्णाली प्रदेशमा भने विवाद भएपछि साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ । रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ ।

यी हुन् कांग्रेस उम्मेदवार:

प्रदेश नम्बर १:

पाँचथर – निरबहादुर विश्वकर्मा (दलिततर्फ)

सुनसरी – मीना पुलामी मगर (महिला)

झापा – राजेन्द्र घिमिरे (अन्य)

 

प्रदेश नम्बर २:

महोत्तरी – नगिना यादव (महिला)

धनुषा – भोला पन्जियार (अल्पसंख्य/अपांगता)

 

प्रदेश नम्बर ३:

सिन्धुपाल्चोक – हरिशरण श्रेष्ठ (अन्य)

चितवन – छलीकुमारी शर्मा उपाध्याय (महिला)

 

गण्डकी प्रदेश

स्याङ्जा – सूर्यप्रसाद रेग्मी (अन्य)

म्याग्दी – विमला गौचन (महिला)

 

प्रदेश नम्बर ५

अर्घाखाँची – बालकृष्ण पाण्डे (अन्य)

दाङ – गिरिजा न्यौपाने (महिला)

बाँके – मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता)

 

सुदुरपश्चिम प्रदेश

बैतडी – प्रताप ठगुन्ना (अन्य)

कैलाली – तुलसी देवकोटा (महिला)