जनता टाइम्स

१९ पुष २०७६, शनिबार २३:२२

बिमानस्थलबाट समातिए दुई भारतीय तस्कर


काठमाडौं, पुस १९ । दुबईबाट धुलो बनाई ल्याइएको एक किलो दुई सय ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन। फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको हो।

अपराध महाशाखाका अनुसार आज राति भारतीय नागरिक मोहम्मद मित्तालिब र परवेज मुसरफलाई सो परिमाणको अबैध सुनसहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार एक जनाले मलद्वारमा चार सय ग्राम, अर्कोले पनि चार सय ग्राम र ट्राउजरभित्र तथा खुट्टामा लुकाएर ल्याइएको सुन बरामद भएको हो। उनीहरुले प्रहरीलाई छक्याउन रसायन प्रयोग गरी धुलो बनाएर सुन ल्याएका थिए ।