जनता टाइम्स

२० पुष २०७६, आईतवार १३:४९

ऐन महरबिरुद्ध मैदानमै उत्रिइन नविना लामा


काठमाडौं, पुस २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्वबियूमा केन्द्रीय कमिटीको एकता टुंगो लागेसँगै निवर्तमान कमिटीमा रहेका दुवैतर्फका नेताहरु खुलेर असन्तुष्टिसहित मैदानमा उत्रिएका छन ।

अनेरास्वबियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले एकता टुंगो लगाउँदै केन्द्रीय समितिका नाम सार्वजनिक गरेपछि अनेरास्वबियूकी निवर्तमान अध्यक्ष तथा संघीय संसद नविना लामाले कडा प्रतिवाद गर्नुभएको छ । लामाले संगठनमा कसैको दादागिरी नचल्ने भन्दै महरको निर्णय सच्चिनै पर्ने सार्वजनिक अडानसमेत राख्नुभएको छ । तात्कालिन अखिलमा लामा अध्यक्ष र महर महासचिव हुनुहुन्थ्यो ।

‘निरन्तर संगठन, पार्टी, आन्दोलनमा लागेको इमान्दार साथीहरूमाथि अन्याय भएकै छ । जस्तै यूनिभर्सिटी, भूगोल, महिला, जनजाति, दलित, अन्य प्रवास र केही साथीहरुको विषयमा पुर्वाग्रह राखेको छ । यो विषय कुनै छलफलविना लिडरसिपले गलत गरेको छ । यो मेरो कार्यकालमा भएको र जोडेको विषय हो । संगठन कसैको पेवा होइन, संगठनमा कसैको दादागिरी चल्दैन,’ लामाको भनाई छ ।

यस्तो छ लामाको अडान

हाम्रो गौरवशाली संगठनको वैठकबाट लीडरशीपबाट निरन्तर संगठन, पार्टी, आन्दोलनमा लागेको इमान्दार साथीहरूमाथि अन्याय भएकै छ । जस्तै यूनिभर्सिटी, भूगोल, महिला, जनजाति, दलित, अन्य प्रवास र केही साथीहरुको विषयमा पुर्वाग्रह राखेको छ । यो विषय कुनै छलफलविना लिडरसिपले गलत गरेको छ । यो मेरो कार्यकालमा भएको र जोडेको विषय हो । संगठन कसैको पेवा होइन, संगठनमा कसैको दादागिरी चल्दैन । फेरी छलफलको विषय बनाइनु पर्छ र जिम्मेवारी फेरबदल गर्नका लागि नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउछौं ।