जनता टाइम्स

२१ पुष २०७६, सोमबार ०९:०२

आज अपराह्नपछि पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव पर्ने, यस्तो हुनेछ बुधवारसम्मको मौसम


काठमाडौं, पुस २१ ।  आज अपराह्न पछि पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव नेपालको पश्चिम क्षेत्रमा पर्ने जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी र पुर्वी पहाडी भु–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

 तीन दिनको मौसम

पौष २१ गते

दिउँसो  देशको पश्चिमी र पूर्वी भू(भागमा आंशिक देखि सामान्य बदली रहि मध्य भू–भागमा आंशिक बदली रहनेछ । पश्चिम र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको संभाबना छ ।

राति देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ । देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष २२ गते

दिउँसो  देशको पश्चिमी र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको संभाबना छ भने पूर्वि भू–भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशको पश्चिमी भू–भाग, मध्य र पुर्वका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने मध्य र पुर्वी पहाडी भू–भागका एक दुइ स्थानमा हल्का बर्षा को संभाबना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते

दिउँसो  देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

राति– देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।