बुटवल, पुस २१ । रूपन्देही सम्मरीमाई गाउँपालिका ६ मर्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलका बिद्यार्थी मोहम्मद देवानलाई कुट्ने शिक्षक पक्राउ परेका छन । ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईले कक्षा ५ मा पढ्ने देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले आँखामा प्रहार गरेका थिए ।
कुटपिट हुँदा आइतबार हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक बराईलाई आइतबार मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । देवनले सो दिन कापी लिन बिर्सेपछि शिक्षकले उनीमाथि लठ्ठीले हानेका थिए। कुटाइृको चोटले उनको दाँया आँखा सुन्निएको थियो।
सो उजुरी गर्दा प्रहरीसमक्ष पीडित नपुगेको भन्दै कारबाहीको काम रोकिएको थियो। बालबालिकासम्बन्धीको कसुर ऐन २०७५ अन्तर्गत घर विद्यालय वा जुनसुकै स्थानमा शारिरीक र मानसिक दण्ड दिने अनैतिक व्यवहार गर्नेलाई करिब एक वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुन सक्ने ब्यवस्था छ । प्रहरीले सोही अभियोगमा मुद्दा चलाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्