जनता टाइम्स

२१ पुष २०७६, सोमबार ०९:५२

लागूऔषध कारोबार आरोपमा १ महिलासहित पाँचजना पक्राउ


धनगढी, २१ पुस । लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्नको आरोपमा १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेका छन् । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषध बरामद गरेको छ ।