काठमाडौं, पुस २१ । इराकको संसदले आफ्नो देशमा रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ । अमेरिकी सेनाले शुक्रबार इरानमा हवाई आक्रमण गरी इरानका एक मुख्य सैनिक जर्नेलको हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले अमेरिकी फौजलाई देश निकालाको निर्णय गरेको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएअनुसार इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरान–समर्थित लडाकुहरुले त्यहाँका सांसदलाई संसदबाट अमेरिकी फौजलाई देशबाट फिर्ता पठाउने प्रस्ताव पारित गर्न माग गरेका थिए । सो मागलाई स्वीकार गर्दै इराकले यस्तो निर्णय लिएको हो । इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरिसकेको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने र नसोचेको प्रतिबन्ध झेल्नुपर्ने चेतावनी दिएका छन ।
इरानमा दुवैतर्फबाट भइरहेका गतिबिधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको त्यहाँको तनावलाई नजिकबाट नियालीरहेका अधिकारी, वैदेशिक मामिला विज्ञ र पत्रकार लगायतले सामाजिक सञ्जालमा संप्रेषण गरिरहेका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले इराकको निर्णयको पनि प्रतिवाद गरेका छन । उनले आफूहरुले खर्चिएको अर्बाैं अमेरिकी डलर फिर्ता गरे मात्रै आफ्नो सेना फिर्ता हुने जवाफ दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्