जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १५:१३

अष्ट्रेलियामा यसरी खुल्यो नेपालबिरोधी तत्वको मुखुण्डो


सिडनी, पुस २२ । नेपाल भ्रमण बर्षको सन्दर्भमा अष्ट्रेलियामा भएको एउटा घटना र कुप्रचारले नेपालबिरोधी गैर आवसीय नेपालीको मुखुण्डो उदांगो भएको छ ।

अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार र उदघाटन गर्न सिडनी आइपुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको बदनाम गर्दै केही अराजक तत्वहरुले प्रहरीले रोक्यो भन्दै दुश्प्रचार गरेपछि उनीहरुको नेपालबिरोधी मुखुण्डो खुलेको हो । उनीहरुले भ्रमण बर्षको भव्य रुपमा उदघाटन भएलगत्तै प्रहरीले रोक्यो भन्दै दुश्प्रचार गरेका थिए । जवकी सिडनीको सर्कुलर क्युवेमा पर्यटनमन्त्री भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा एनआरएनए, तथा विभिन्न संघ संथाको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी नेपालीहरु मौलिक भेषभुषामा प्रस्तुत भएका थिए । अस्ट्रेलियाको न्यू स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गरिएको हो । पर्यटनमन्त्री भट्टराईले मौन जुलुसमार्फत पर्यटन बर्षको प्रबर्धन गरिएको जानकारी दिनुभयो । त्यसक्रममा नेपालीहरुले अस्ट्रेलियाको डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा चन्दा बाल्टिनहरु बोकेका थिए ।

केहीले जिवजन्तुहरुका लागि सहयोग संकलन गरेका थिए । पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउनुभयो । भ्रमण बर्षको भब्य रुपमा उदघाटन भएपनि केही नेपाल बिरोधी तत्वहरुले अत्यन्तै आपत्तिजनक प्रचार गरेका छन । पर्यटनमन्त्री भट्टराईले सिडनीबाटै यस दुश्प्रचारको प्रतिवाद गर्नुभएको छ । ‘काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

यस्तो छ पर्यटनमन्त्री भट्टराईको भनाई

अष्ट्रेलियाको सिडनीमा नेपाली राजदुतावासको आयोजना तथा एनआरएनएलगायतका संघ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । एनएसडब्लु स्टेटका सभामुखसहित अष्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुसमार्फत पर्यटन बर्षको प्रबर्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !