काठमाडौं, पुस २३ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको आरोपको कडा प्रतिवाद गर्नुभएको छ ।
बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएलगत्तै पत्रकार सम्मेलन गरी गिरीले कडा प्रतिवाद गर्नुभएको हो । उहाँले आरोप पुष्टि गर्न कडा चुनौती पनि दिनुभएको छ ।
गिरीले आफ्नो मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनीसमेत दिनुभएको छ । ‘आरोप सुनेर आश्चर्य लाग्यो । यो कपोलकल्पित हो र मलाई खेद छ,’ गिरीले भन्नुभया ‘यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप हो । यसमा सत्यता छैन ।’ आफू मंसिर १५ गते द्धारिका होटल नै नगाएको र प्रसाईंसँग भेट नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु,’ चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्