जनता टाइम्स

२७ पुष २०७६, आईतवार १८:४४

महरा बलात्कार प्रकरण : रोशनी शाहीको स्वास्थ्य जाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश


काठमाडौं, पुस २७ । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । अदालतले प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि बयानका लागि झिकाउने आदेश दिएको छ । अदालतले बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले महराले आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि शाहीले अदालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन । उक्त मुद्दामा अदालतको आदेशमा महरा पुर्पक्षका लागि थुनामा छन् । उनी हाल डिल्लीबजार कारागारमा रहेका छन ।