जनता टाइम्स

२९ पुष २०७६, मंगलवार १६:४०

नेपालका लागि भारतिय राजदूतमा क्वात्रा नियुक्त


काठमाडौं, पुष २९

भारतले नेपालका लागि राजदूतमा विनय मोहन क्वात्रालाई नियुक्त गरेको छ । फ्रान्सका लागि राजदूत भएर काम गरेका क्वात्रालाई नेपालका लागि भारतको नयाँ राजदूतको रुपमा पठाउने भएको हो । उनको एग्रिमो स्वीकृतिका लागि आइसकेको सम्बद्ध स्रोतले जनाएको छ ।

यसअघिका राजदूत मन्जिवसिंह पुरीले डिसेम्बर महिनामा नै कार्यकाल पूरा गरिसकेका छन् । क्वात्रा सन् १९८८ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए । चीन, वाशिङटन र संयुक्त राष्ट्र संघीय मिसनमा पनि उनी काम गरिसकेका छन् ।

उनी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को काठमाडौंस्थित सचिवालयमा व्यापार र अर्थतन्त्र मामिला सम्बन्धी व्यूरोमा रहेर २००६ देखि २०१० सम्म काम गरेका थिए ।

उनी २०१५ देखि २०१७ सम्म अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा प्रधानमन्त्रीको कार्यालयमा सहसचिवको रुपमा समेत काम गरेका थिए । उनका पत्नी पूजा तथा २५ र १९ वर्षका दुई छोरा रहेका छन् ।