जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १०:४६

प्रभु बैंकको नयाँशाखा ढुंगेधारामा सञ्चालन


काठमाण्डौं,बैशाख ३१

प्रभु बैंकले सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका ढुंगेधारामा शाखाकार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखाकार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर शिबराज श्रेष्ठले एक समारोहकाविच समुद्घाटन गर्नुभएको हो ।

प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचन अध्यक्षतामा सम्पन्नभएको ढुंगेधारा शाखाकार्यालयउद्घाटनकार्यक्रममाप्रभु बैंककाप्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनले शुभकामनामन्तव्य राख्नुभएको थियो । कार्यक्रममा डेपुटीगभर्नर शिबराज श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँच भन्दाबाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवाप्रवाहगर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आप्mनै घर आँगन नजिकबाट बैंकिङ्ग सेवासहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्तभएको बताउनुभयो ।

आज देखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखाकार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रकोआर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।