जनता टाइम्स

३ माघ २०७६, शुक्रबार १४:३५

टाउकोमा तीन गोली लागेर पनि आफै कार चलाएर २८ किमि टाढा अस्पताल पुगिन यी महिला, डाक्टर परे चकित


काठमाडौं, माघ ३ । टोउकोमा तीन गोली लागेर गम्भीर घाइते भएकी एक महिलाले घाइते बनेकी आफ्नो आमालाई लिएर २८ किलोमिटर टाढा रहेको अस्पताल पुगेकी छन । भारतको पञ्जाबस्थित मुक्तसर गाउँ निवासी एक महिलाले यस्तो किर्तिमानी काम गरेकी हुन । जमिनको विवादलाई लिएर पञ्जावमा दुई महिलामाथि गोली प्रहार भएको थियो ।

मुक्तसर गाउँमा भएको घटनामा छोरी सुमीत कौर र उनकी आमा सुखजिन्दरमाथि ६ वटा गोली प्रहार भएको थियो । त्यसमध्ये ३ वटा गोली सुमीतको टाउको र एउटा चिउँडोमा लागेको थियो भने दुई वटा गोली आमाको खुट्टामा लागेको थियो । यति धेरै गोली लागे पनि घाइते बनेकी सुमीतले आमालाई उठाएर कारमा राखी २८ किलोमिटर टाढा रहेको अस्पतालसम्म पुगेकी भारतीय सञ्चार माध्यमले जनाएका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीया सुमीत र ६५ वर्षीया सुखजिन्दरलाई लागेको गोली सफलतापूर्वक निकालिएको छ । दुवै अहिले खतरामुक्त रहेका छन । सुमीतको हालत देखेर डाक्टर पनि चकित परेका थिए । उनको टाउकोमा तीनवटा गोली लागेको थियो भने एउटा पछाडि घाँटीमा अडकेको थियो । यति हुँदा पनि घाइते सुमीत होसमा नै रही आमासहित कारमा अस्पताल पुगेकी थिइन । यस मामिलामा प्रहरीले सुमीतको भतिजा कवरप्रीत सिंहविरुद्ध उजुरी दर्ता गरेको छ । उनी घटनापछि फरार रहेका छन । सुमीत कौरका अनुसार कवरप्रीत आफ्नो पिता हरिन्दर सिंहसँग मुक्तसरको अवोहर रोडमा बस्छन् ।

यता,सम्बन्धविच्छेद भएपछि सुमीत आफ्नो आमासँगै बस्दै आएकी छिन । पैत्रिक सम्पत्तिलाई लिएर दुईबीच विवाद रहेको थियो । यसबीच पनि कवरप्रीत दुवैलाई भेट्न आइरहन्थे ।