जनता टाइम्स

६ माघ २०७६, सोमबार ०८:११

आजको मौसम : हिमाली भेगमा हिमपात, तराइमा हुस्सु


काठमाडौं, माघ ६ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली रही तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

आगामी २४ घण्टामा उच्च हिमाली भेगमा हल्का हिमपात हुने तथा तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो पश्चिमी, मध्य र पूर्वी भागमा बदली रहने तथा पश्चिम र मध्यका उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

सोमबार राति पश्चिमी, मध्य र पूर्वी पहाडी भागमा बदली रही पूर्वी र मध्य तराईमा मौसम सामान्यतया सफा रहनेछ भने मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ । यस्तै मंगलवार दिउँसो देशका अधिकांश भागमा बदली रही पश्चिमी र मध्य भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ ।

मंगलबार राति पूर्वी, मध्य र पश्चिमी भूभागमा बदली रही मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ । यसैगरी बुधबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईमा हुस्सुरकुहिरो रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार राति पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने र उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान रहेको छ ।