काठमाण्डौं, जेठ १
एनआई सी एशिया बैंक लिमिटेड रस्पार्क हेल्थहोमप्रा.लि, काठमाडौंबीच बैंककाकर्मचारी, कर्मचारीका परिवार,बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थहोममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्तसम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थहोमको तर्फबाट स्पार्क हेल्थहोमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गर्नुभयो ।
बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्