जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार २१:२२

काममा अवरोध गर्ने स्थानीयसँग कड्किदै कुलमानले भने – जेल हाल्दिन्छु ! भिडियोसहित


रसुवा ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल बनाउन केही तत्व लागिरहेका उनले स्पष्ट पार्दै आएका छन् । जनतालाई १८ घण्टाको लोडसेडिङबाट एकैचोटी मुक्त गरेर कुसल नेतृत्व देखाएका उनलाई हटाउने चलखेल पटक पटक भईरहेको छ ।

पछिल्लो समय सबस्टेसन निर्माणमा ललितपुर र रसुवामा स्थानीयको नाममा अवरोध भईरहेको छ । त्यो थाहा पाएपछि स्थलगत निरिक्षणमा पुगेका उनले स्थानीयलाई माग भए तत्कालन तर करोडौं क्षति हुनेगरी काममा अवरोध गर्न भन्दै आएका छन् । यसैक्रममा त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमनमा आएका कार्यकारी निर्देशक घिसिङ बिहीबार काम रोकेको भन्दै केही स्थानीय बासिन्दासँग कड्किनु भएको छ । केही दिनदेखि सरोकार समितिका नाममा आयोजनास्थलको काम रोकिएपछि कार्यकारी निर्देशक घिसिङ बिहीबार आफैं त्यहाँको स्थलगत अनुगमनमा आएका थिए। प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पैह्रेबेसीमा सब स्टेसन निर्माण गरिरहेको छ।

उत्तरगया गाउँपालिका ४ का केही स्थानीयले त्रिशुली नदीको बगरमा पर्खाल बनाउन दुई दिनदेखि अवरोध गर्दै आएका थिए । स्थानीयबासी शिवप्रसाद भट्टराईको नेतृत्वमा गठित सरोकार समितिको माग थियो,पर्खाल बगरमा नभइ अझ माथि लगाउनुपर्‍यो। तर नुवाकोटका बासिन्दाको माग छ, पर्खाल बगरमै लगाउनुपर्छ। परियोजनाले भने नदी कटानले रसुवातर्फको बस्तीमा समस्या नपारोस् भनेर सम्भावित दुर्घटना रोक्न प्रोटेक्सन वाल निर्माण गरिसकेको छ। त्यही क्रममा त्यहा पुग्नु भएका कार्यकारी निर्देशक घिसिङले सरोकार समितिका सदस्यहरूलाई चेतावनी दिदै भन्नुभयो, ‘कुनै पनि हालतमा काम नरोक्नुस्।’

भिडियो

https://www.facebook.com/jantatimes/videos/416755462491835/