जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार २१:४८

एनआरएनए अमेरिका निर्वाचन : निर्वाचन समितिले दिएन कोषाध्यक्षका प्रत्यासी रविन बज्राचार्यलाई कुनै जवाफ


न्यूयोर्क, जेठ २

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेद्वार रविन बज्राचार्यले निर्वाचन समितिलार्ई सोधेको प्रश्नको जवाफ अहिलेसम्म नदिएको पाइएको छ । बज्राचार्यले निर्वाचन समितिलाई इमेल मार्फत प्रश्न गर्नुभएको थियो । तर अहिलेसम्म जवाफ नदिई आफ्नो अयोग्यता ढाकछोप गरेको हो ।

यस्तो छ बज्रचार्यको प्रश्न

निर्वाचन आयोग, मेरो इमेलको प्रतिक्रिया खोइ ?तपाईसँग जवाफ नदिनुपर्ने कुनै कारण छ ? एनआरएनए बिधानले हामीलाई विवरणहरु सोध्न पाउने अधिकार दिएको छ ? कृपया उत्तर दिनुहोला, प्रश्न सोध्न पाउने बिधानमा यस्तो छ –

निर्वाचन आयोग, यसको कमान्डर, कर्मचारी सदस्य र तेस्रो पक्ष प्रदायक कर्मचारीसहित कुनै पनि अन्य व्यक्तिको मतदान प्रणालीमा हरेक उम्मेदवारलाई कसरी मतदन गर्ने भन्नेमा पहुच नहुन सक्छ । त्यसका लागि निर्वाचन आयोग र तृतीय पक्ष प्रदाताबीच सम्झौता हुनुपर्दछ र यसलाई सिस्टममा रिकर्ड राख्नुपर्छ । यदि कुनै उम्मेदवारले सो सम्झौता मागे, आयोगले प्रत्येक उम्मेदवारलाई इमेल मार्फत या आयोगको वेबसाइटमा प्रकाशित गर्नुपर्नेछ ।

निर्वाचन आयोगले कुल मतको तथ्यांक तेस्रो पक्षबाट मत खसालेको दिनको अन्तिममा प्राप्त गर्नेछ र सो तथ्यांकलाई इमेल, वेबसाइट र अन्य सञ्चारमाध्यममार्फत प्रकाशित गर्नेछ ।

राष्टि«य निर्वाचनको उद्देश्यका लागि, निर्वाचन आयोगले प्रत्येक राज्यका प्रत्येक उम्मेदवारको कुल मतदाताको रेकर्ड राख्न आवश्यक छ र रेकर्ड गणनाको समयमा रेकर्डहरु सार्वजनिक गरिनेछ । बज्राचार्यले बिधानअनुसार मागेको जवाफको निर्वाचन समितिले कुनै जवाफ दिएको छैन ।