जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १५:१७

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल : प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु


काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण भएको छ। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिनुभएको हो ।

ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपण सकिएको जानकारी दिनुभयो । उहाका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ।

‘प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको काम सकिएको छ,’ उहाले भन्नुभयो ‘प्रत्यारोपण गरेको १५ मिनेट पछि ५ सय एमएल पिसाब पास भएको छ।’