जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार १३:३०

‘सम्झना जुनी भरिलाई’ बजारमा (भिडियोसहित)


काठमाडौं, फागुन २२

‘सम्झना जुनी भरिलाई’ बोलको लोकदोहोरी गीत केहि समयअघि बजारमा आएको छ । संगम थापाको शब्द तथा शब्दकार संगम र श्याम लामाको संयुक्त संगीत रहेको उक्त गीतमा संगम थापा, श्याम लामा र गङ्गा ठकुरीको आवाज रहेको छ । त्यस्तै तिलक ओलीले एरेन्ज गरेको गीतको भिडियो मामा भान्जा इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

त्यसैगरी मोडल सागर राना र सिर्जना किराँतीले गीतको भिडियोमा अभिनय गरेका छन् । गायक एवं शब्द रचनाकार संगम थापाकै निर्देशन रहेको भिडियोलाई अशोक कार्कीले छायांकन गरेका छन् भने दिप सागरको सम्पादन रहेको छ । मायाप्रेमका भावनालाई गीतको शब्दमार्फत समावेश गरिएको गीत निर्माण पक्षले जनाएका छन् । त्यस्तै लोक संस्कृतिको मौलिकतालाई पनि उक्त गीतले उजागर गरेको उनीहरुको भनाई छ ।