जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १७:०५

प्रधानमन्त्री त हिँड्न थाल्नु भएछ : खनाल


काठमाडौं, फागुन २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका बरिष्ठ नेता खनालले उहाँको स्वस्थ्यमा तीब्र सुधार भइरहेकोले केही दिनमै डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

मिर्गौला पुनः प्रत्यारोपणपश्चात स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीलाई भेट्न नेता खनाल आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको थियो । सघन उपचार कक्षमा कडा निगरानीमा राखेकाले भेट्न नदिए पनि उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएको खनालले बताउनु भयो ।

‘संक्रमणको जोखिम हुनाले भेट्न त पाइएन । तर, चिकित्सकले र्यापिड्ली सुधार भइरहेको छ भन्नुभएको छ । प्रधानमन्त्री सामान्य हिँडडुल गर्न थाल्नुभएको छ । उठ्न, बस्न, ठोस खाना खान समस्या छैन,’ खनालले भन्नुभयो, ‘फिजियोथेरापी पनि गराउन थालिएको रहेछ ।