जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १२:२९

फेरि बढ्यो सूनको मुल्य, प्रतितोला कति पुग्यो ?


काठमाडौं, फागुन २७ । सुनको मूल्यमा आज (मंगलबार) पुनः नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर देखिएको थियो । बिहेको लगन पनि सकिनै लागेको र चुलिँदो मूल्यको कारण सुन किन्ने ग्राहक संख्या अत्यन्तै न्यून हुन गएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र सुस्त हुनु, कच्चा तेलको मूल्यमा ह्रास आउनु र डलरको भाउ बढ्नुले सुनको मूल्यमा प्रभाव पारेको छ ।