ओखलढुंगा, फागुन २९
मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । विहिवार विहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकदेखि १ सय ५० मिटर तल खसेको छ । घाइतेमध्ये जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखियाको अवस्था चिन्ताजनक रहेको छ ।
दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेत र अस्थायी प्रहरी पोष्ट केतुकेका हवल्दार दिलबहादुर खड्काको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्