जनता टाइम्स

४ चैत्र २०७६, मंगलवार ०८:२६

अब गर्मी बढ्दै जाने, पानी पर्ने सम्भावना छैन


काठमाडौं, चैत ४ ।  अब बिस्तारै गर्मी बढ्दै जाने मौैसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने आशिंक बदली हुने उहाँले बताउनुभयो । यस्तै प्रिमनसुनी समय भएकाले दिउँसोपछि सामान्य हावाहुरी पनि चल्ने उहाँको भनाइ छ । बिहान मौसम खुले पनि दिउँसोपछि हावाहुरी चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । तर अबको केही दिन पानी भर्ने पर्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीको अनुमान छ ।