जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार २०:२३

पेट्रोलको भाउ २ रुपैयाँ र डिजल, मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घट्यो


काठमाडौं ।

नेपाल आयल निगमले आज रातिदेखी लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको हो ।

यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मुल्यमा पेट्रोलमा १५ रुपैया ६७ पैसा प्रतिलिटर र डिजेलमा १६ रुपैयाँ ६४ पैसा प्रतिलिटर सस्तो कायम हुन पुगेको छ ।