जनता टाइम्स

५ चैत्र २०७६, बुधबार ११:३७

हिउँको बाटो छिचोल्दै एसईई दिन परीक्षा केन्द्र आउदै विद्यार्थी


बेनी, चैत ५

बेमौसमी हिमपातले विद्यार्थीहरु मारमा परेका छन् । भोलीदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईइ)मा सहभागी हुनका विद्यार्थीहरु आठ घण्टा हिउको बाटो छिचोलेर परिक्षा केन्द्र आउन थालेका छन् ।

परीक्षामा सहभागी हुन हेम मावि सिवाङमा रहेको परीक्षा केन्द्रमा आउनका लागि उनीहरुले करिब ८ घण्टाको हिउँको यात्रा पार गरेका हुन् । बेमौसमी हिमपातको कारण बाटो पुरिएपछि जोखिमपूर्ण तवरले यात्रा गर्नुपरेको छ ।