जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १४:५२

पर्यटनमन्त्री भट्टराईको आग्रहपछि बुद्ध एयरले घटायो भाडा


काठमाडौं, चैत ९

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टसंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ ।

काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकहरुलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न अनुरोध गर्नुभएको थियो ।

मन्त्रीको आग्रह लगत्तै बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको जानकारी दिएको छ । सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरिसकेको छ । अब एकमात्र यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ । शनिबार श्री एयरलाइन्सले पनि भाडाको सीमा घटाएको थियो ।

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टराईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’ का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गर्नुभएको थियो । हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि सञ्चालकहरुलाई सम्झाएका थिए ।

मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाए । मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिएर सञ्चालकहरुले भाडा दर घटाउन सुरु गरेको हो ।