लुम्बिनी ।
प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीका अवसर पारेर अहिले गौतम बुद्धको जन्मस्थलमा हुनुहुन्छ । उहा विभिन्न कार्यक्रममा सरिक भईराख्नु भएको छ । यसक्रममा आज विहान प्रदेश–५ प्रदेश सरकारले आयोजना गरेको शान्ति र्यालीमा सहभागी हुनुभएको छ ।
शान्ति र्यालीमा प्रधानमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरुको सभागिता थियो । र्यालीमा बौद्ध धर्माबलम्बीसहित स्थानीयको सहभागीता थियो । लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्याली निकालिएको हो । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्