जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार ११:५३

गन्ध आएपछि फर्किएको स्काई ट्रक पुन उड्यो


काठमाडौं, चैत १७ । कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट उडेलगत्तै फर्किएको नेपाली सेनाको एउटा स्काइ ट्रकले पुनः उडान भरेका छन् ।

स्वास्थ्य सामग्री लिएर प्रदेश १ को विराटनगर गएको नेपाली सेनाको हेलिकोप्टरमा रहेको क्लोरिनको गन्ध आएपछि दुई मिनेटमै बिमानस्थलमा फर्किएको थियो । सो हेलिकोप्टर फर्किएपछि सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडान भर्न लागेको हेलिकोप्टरको समेत उडान स्थगित गरिएको थियो । बिराटनगर उडेकोहेलिकोप्टरमा गन्ध आएको भन्दै चालक दलका सदस्यले पुनः काठमाडौं विमानस्थलमै जहाज आकस्मिक अवतरण गराएका थिए । स्काइ ट्रक धेरै हल्लिदा क्लोरिनको गन्ध आएकोले फिर्ता ल्याइएको थियो । 

ती सामाग्री निकालेर दुवैतर्फ सामाग्री बोकेको स्काइ ट्रक उडिसकेको छ । ‘गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो । त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो । अन्यत्र पनि उडान भरिसकेको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो ।