जनता टाइम्स

२३ चैत्र २०७६, आईतवार १०:४८

जनतालाई भ्रमित नगर


छिमेकी चिनको उहान
कोभिड १९ को
इपिसेन्टर बनेका बेला
नेपाली युवायुवती र
तीनका आमाबाहरु
रोइकराई गरिरहेका बेला
सरकारले धैर्यको अपिल गर्दा पनि
तिमीले नालायक सरकार भनेकै हौ
सरकारको विरोध गरेकै हौ ।

जनमतको कदर गर्दै
ती युवाहरुलाई नेपाल ल्याएर
खरिपाटीको क्वारेन्टाइनमा राख्न खोज्दा
कोभिड १९ को संक्रमणबाट
देशको सुरक्षा गर्न खोज्दा
जनतामा भय र सन्त्रास फैलाएर
नारा र जुलुस निकाल्ने बनाएकै हौ
संसदमा चर्को विरोध गरेर
प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएकै हौ
सरकारको विरोध गरेकै हौ ।

डब्लुएचओले विश्वमहामारीको खतरा देखाउँदै
सबैलाई सचेत वनाउँदा
छिमेकी मुलुक भारतले गरिनसक्दै
लकडाउनको घोषणा गरी सिमानाका बन्द गर्दा
तिमीले खिल्ली उडाएकै हो
संक्रमण फैलनबाट रोकेकोमा
परिक्षण ल्याबमाथि नै प्रश्न उठाएकै हौ
सरकारको विरोध गरेकै हौ ।

भारतमा लकडाउनक सुरु भइसकेको अवस्थामा
भारतीय सुरक्षा कर्मीले
नेपाली नागरिकलाई गाडीमा खाँदेर
सिमानामा ल्याएर छोड्दा
संक्रमण फैलन सक्ने देखेर
सरकारले रोक्न खोज्दा
तिमीमा मानवता जाग्यो
देशभक्ति लहर जाग्यो
तर जाग्न सकेन तिमीमा
कोभिड १९ को सचेतनता
त्यसैले त तिमी
ठूलो स्वरमा कराएकै हौ
सरकारको विरोध गरेकै हौ ।

कोभिड १९ विरुद्धको
सुरक्षा उपकरणको अभावमा
अस्पतालले नियमित विरामी समेत
जाँच्न छोडेका बेला
नियमित प्रक्रियाबाट आपुर्तिकर्ताले
आपुर्ति गर्न नसक्ने बताएका बेला
संकटकालिन अवस्थामा
फाष्ट ट्रयाकको उपायबाट
सामान ल्याउन खोज्दा
तिमीले ९ रेक्टरको भुईँचालो
ल्याउन खोजेकै हौ

गुगल सर्च गरेर
पुरानो मुल्यसूची टाँसेकै हौ
व्यापारीको दलाललाई
दानबीर बनाएर खडा गरेकै हौ
निकै चर्को स्वरमा
सरकारको विरोध गरेकै हौ ।

सबै बन्दाबन्दी भएका बेला
सामानको मूल्य बढी परेकै थियो
तर तिमीले
किन महंगो भयो सोचेनौ
बरु अवसर आएको जस्तो गरी
भ्रष्टाचारका कथा जोड्यौ
महामारीविरुद्ध लडिरहेको एकएकको नाम लिएर
गोयवल्सको शैलीमा
बद्नाम गर्यौ गरायौ
यति पनि सोचेनौ
त्यति महंगो मूल्यमा पनि
ल्याउँछु भनेको सामान किन आएन ?
ठूला राष्ट्रहरु जति मूल्य तिरेर भए पनि
किन रातारात कारखानाबाट सामान उठाउँदै छन ?
किनकी तिम्रो योजना अर्कै थियो
कसैलाई बदल्नु थियो, कसैलाई ल्याउनु थियो
त्यसैले त तिमीले
भ्रमको सगरमाथा खडा गर्यौ
सरकारको बिरोध गर्यौ ।

तर बुझ यो लडाइमा
सरकार ठीक र
तिमी वेठीक थियौ र छौ
घटनाले त्यही बताउँदै छ
समय सन्दर्भले त्यही संकेत गर्दैछ
सरकारलाई कमजोर पार्ने र बदल्ने
तिम्रा शकुनी चालहरु
उध्रिदैछन उधारिँदैछन्
त्यसैले अब सुतुरमुर्ग चाल झैं
आफैले आफैलाई असुरक्षित नबनाउ
सक्छौ सरकारलाई सहयोग गर
सक्दैनौ भने जनतालाई भ्रमित नगर ।