जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार १०:५२

कांग्रेस सांसदले दिए सरकारलाई धन्यवाद


काठमाडौं, चैत २९ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र लकडाउनको समयमा भइरहेको कामलाई लिएर सत्तारुढ दलकै नेताहरु सरकारको खेदो खनिरहेको बेला लागिरहेको बेला प्रमुख प्रतिपक्षी दलका एक सांसदले भने सरकारलाई सही काम गरेको भन्दै धन्यवाद दिएका छन । नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले आफूहरुको सुझावलाई सकारात्मक रुपमा लिई सरकारलेसही कदम चालेको भन्दै धन्यवाद दिनुभएको हो ।

‘दुःख र संकटको बेला निलो नम्बर प्लेटको सवारी साधन दुरुपयोग भएकोमा मैले सामाजिक सञ्जालमार्फत आम नागरिकका बीचमा एवं सरकारका जिम्मेवार ब्यक्तिहरुसँग प्रत्यक्ष रुपमा कुराकानी गरी यस्तो दुरुपयोग तुरुन्त रोक्न सुझाव दिएको थिएँ, हाम्रो सुझावलाई ग्रहण गरी तत्काल कार्यान्वयन गरेकोमा धन्यवाद दिन्छु,’ सांसद राजभण्डारीले भन्नुभएको छ ।