जनता टाइम्स

३ बैशाख २०७७, बुधबार १२:३७

यसरी भईरहेछ सनसिटीमा कोरोना परीक्षण


काठमाडौँ, बैशाख ३

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना देखिएपछि त्यहा परीक्षण शुरु गरिएको छ । बुधबार विहानैबाट कोरोना परीक्षण थालिएको हो ।

अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ । २ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।

उनिहरु ब्लक ‘ए’ मा बस्दै आएकाले अहिले सो ब्लकमा बस्ने ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको छ । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएको बताइएको छ ।