जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १४:४९

भौतिक पूर्वाधारमात्र विकास होइनः मुख्यमन्त्री पौडेल


हटौंडा, जेठ ६

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताउनुभएको छ । गजुरी गाउँपालिका भवनको सोमबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना संघीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गर्नुभयो ।

समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उहाँले आग्रह गर्नुभयो । गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।