जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार २१:१९

बेल्चा लिएर प्रधानमन्त्री ओली आफै सुख्खा जमिन खन्न थालेपछि… (फोटो फिचर)


प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्नुभयो ।आज अपरान्ह धादिङको गल्छी गाउँपालिका ४ मासटार पुगेर प्रधानमन्त्री ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गर्नुभएको हो । पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको हो ।