जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार २०:०६

नेपालगञ्जमा थप ६ जनामा कोरोना, ७५ पुग्यो कुल संख्या


नेपालगञ्ज, बैशाख २१

नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप १५ जनामा एकैपटक कोरोना भएको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप १६ जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन ।

नेपालगञ्‍जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्‍ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको छ । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको छ ।

एकैदिन १० जनामा देखियो कोरोना संक्रमण : संक्रमितको संख्या ६९ पुग्यो, नेपालगञ्ज उच्च जोखिममा