जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १०:२७

‘विच्याट’, ‘अलीपे’ मार्फतको कारोबार अबैधानिक, राष्ट्र बैंकद्वारा कारोबारमा प्रतिबन्द


काठमाडौं, जेठ ७

नेपाल राष्ट्र बैंकले अबैधानिक रुपका भुक्तानीलाई प्रतिबन्द लगाएको छ । राष्ट्र बैंकले ‘विच्याट’, ‘अलीपे’ लगायतका एपबाट अबैधानिक भुक्तानीलाई सोमबार सूचना जारी गर्दै प्रतिबन्द लगाएको हो।

विशेषगरी नेपालमा आउने चिनियाँ पर्यटक साथै नेपालीहरुले पनि विच्याट र ‘अलीपे’ मार्फत अबैधरुपमा कारोबार गर्ने गरेको तथ्य बाहिर आएका थिए । । बैंक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यसरी भुक्तानी भएर विदेशी मुद्राको आय र सञ्चितिमा समस्या देखा पर्न थाले पछि प्रतिबन्द लगाएको हो ।

अब यसरी भुक्तानी गरेमा विदेशी विनिमय अपचलनको मुद्दा लगाइन सक्ने छ ।