जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १२:३०

ज्योतिविकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनी बीच बैंकसुरेन्स सम्झौता


काठमाण्डौं,जेठ ७

ज्योतिविकास बैंक लिमिटेड र नेपालइन्स्योरेन्स कम्पनीका बीच बैंकसुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखाकार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्रीगर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ।

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गर्नुभएको छ । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्तइन्स्योरेन्सकम्पनीको निर्जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

हाल यस बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र२८ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ ।हालसम्म बैंकलेकरिब २लाख४८हजार८ सय भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवाउपलव्ध गराउँदै आएको छ ।