जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार २२:०४

स्वास्थ्यकर्मीलाई हत्तोसाहित गरे वा सडक बन्द गरे कारवाही : गृह मन्त्रालय (विज्ञप्तीसहित)


काठमाडौं, जेठ ४

सरकारले स्वास्थ्यकर्मीमाथी भईरहेका विभिन्न अमार्यदित क्रियाकलापविरुद्ध सशक्त कदम उठाउने निर्णय गरेको छ । कोभिड–१९ महामारीविरुद्ध अग्रपक्तिमा उभिएर काम गरिरहेका उनिहरुलाई विना कारण भाडाको घरबाट निकाल्ने, दुर्व्यवहार गर्ने कार्य भएको भन्दै त्यस्तालाई गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ती निकाल्दै पछिल्लो समय कोरोनाबाट जोगिन भन्दै विशेषगरी काठमाडौँ उपत्यकामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने, घरबाट निकाल्ने, घरभाडामा लिएर बसेकालाई प्रवेश निषेध गर्ने, सडकमा भौतिक संरचना राखेर अवरोध गर्ने लगायत क्रियाकलाप भइरहेकोतर्फ आफुहरुको ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त किसिमका कुनैपनि अवान्छित क्रियाकलापहरु कुनैपनि निकाय वा कुनैपनि व्यक्तिहरुबाट नगर्न नगराउनुहुन गृहमन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’ मन्त्रालयले त्यस्तो गतिविधि गरे प्रचलित कानुनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ ।