जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार ०८:५५

विश्वमा साढे १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको, ४८ लाख १ हजार भन्दा धेरैलाई कोरोना सङ्क्रमण


काठमाडौँ,  जेठ ५ ।  विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये साढे १८ लाख भन्दा धेरै निको भएका छन् । यो समाचार तयार पर्ने समय सम्म १८ लाख ५८ हजार १ सय ७० जना उपचार पछि निको भएका हुन् । ४८ लाख १ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहलेसम्म सङ्क्रमित ३ लाख १६ हजार ७ सय ७१ जनाको भने ज्यान गएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ। अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ ।

यस्तै रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित भएका छन् भने ६७ हजार ३ सय ७३ जना निको भएका छन् । रुसमा २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै सङ्क्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् ।

यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै कोरोनाको इपिसेन्टर बन्दै गएको ब्राजिलमा २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १६ हजार जनाको ज्यान गएको छ । त्यहाँ ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।