जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १६:२८

लिपुलेकको सडकको बिषयमा चीनसँग पनि प्रष्ट कुराकानी भएको छ : प्रधानमन्त्री ओली


काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको जानकारी दिनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांस्दहरुले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीको जवाmलगत्तै एक सांसदले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको सोधेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले चीन सरकारका अधिकारीहरुसँग पनि कुराकानी भएको बताउनु भयो ।

‘चीन सरकारका अधिकारीले यस सम्बन्धमा परम्परागत तीर्थयात्रा ट्रेड रुटको सम्वन्धमा मात्र कुरा गरिएको हो । यसले सीमासम्बन्धी प्रश्न वा त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन भनेका छन,’ प्रधानमन्त्री ओलीको जवाफ थियो ।

प्रधानमन्त्रीको जवाफ जस्ताको तस्तै

हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नु भएको छ । चीन सरकारका अधिकारीले यस सम्बन्धमा त्यो परम्परागत हिसाबले एउटा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्न्धबमा मात्र कुरा गरिएको हो । यसले सीमा सम्बन्धी प्रश्नमा, त्रिदेशीय विन्दुमा कुनै असर गर्दैन । र, यस कुरामा भारतले नेपालसँग पनि कुरा गर्नुपर्छ । यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ । हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ । त्यसकारण यस सम्वन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं कुरा गरेका छौं ।