जनता टाइम्स

१० जेष्ठ २०७७, शनिबार १३:५७

प्रधानसेनापति थापाले चाले भ्रष्टाचारीबिरुद्ध कठोर कदम : समातिए जर्नेल र कर्णेल, एक कर्णेल बर्खास्त


काठमाडौं, जेठ १० । नेपाली सेनाका सहायकरथी (जर्नेल) प्रयोगजङ्ग राणा र प्रमुख सेनानी (कर्णले) नवीन सिलवाल पक्राउ परेका छन । पदको दुरुपयोग गरी सेनामा आर्थिक अनियमितता गरेको अभियोगमा जर्नेल राणा र कणृेल सिलवाललाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखिएको हो ।

प्रधानसेनापति पुर्णचन्द्र थापालेनेपाली सेनाभित्र आर्थिक अनुशासनकायम गराउने घोषणापछि समातिएका राणा सेनाका सवैभन्दा उच्च तहका अधिकृत हुनुहुन्छ । प्रधानसेनापति थापाको यही अभियानका कारण शुक्रवार मात्रै महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने र उनले गरेको अनियमतताको रकम समेत असुल उपर गर्ने निर्णय सैनिक अदालतले गरेको छ।

नेपाली सेनाले नेतृत्व सम्हालेपछि प्रधानसेनापति थापाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको घोषणा गर्नुभएको थियो । उक्त नितिअनुरुप राणा र सिल्वालमाथि छानविन चलिरहेको छ ।

राणामाथि दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पांचखालमा हाकिम रहंदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जिपिओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानविन चलिरहेको छ भने सिल्वालमाथि पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा वस्दा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानविन चलिरहेको छ । सेनाले उपरथी आननन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत हुनुहुन्छ । पांचखाल अनियमिततामा जोडिएका अन्य १२ जना अफिसरहरुको बयान लिइसकेको छ भने त्यहांका सुवेदार मेजर समेत थुनामा राखिएको छ ।

सहायकरथी राणा र प्रमुख सेनानी सिलवाललाई प्रमाण नस्ट गर्न नपाउन् भन्ने ध्येयले विहिवार सुन्धाराछेउ अवस्थित राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको छ । दुवै जनासँग बयान लिने काम भइरहेको छ । सहायकरथी राणा सेनामा सधै आकर्षक ठाउंमा जिम्मेवारी पाउंदै आउनु भएको अधिकृतका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई आर्थिक अनियमितता गरेको आरोप यसअघि लागेपनि सेनाका उच्च तहका अधिकारीहरु उनका आफन्त पर्ने भएकाले अहिलेसम्म कुनै कार्वाही भएको थिएन । प्रधानसेनापति थापाले भने पूर्व सेना प्रमुखकै आफन्त रहेका राणामाथि कार्वाही अघि बढाउनु भएको हो । जर्नेल राणा पूर्व सेनापति धर्मपालबरसिंह थापाको सालीकी छोरी र अर्का सेनापति सिंहप्रताप शाहका नातेदार हुनुहुन्छ ।

राणाले शान्ति सेना, सैनिक प्रहरीको गण कमाण्ड, भक्तपुरस्थित सैनिक बिध्यालय र सैनिक अस्पताल छाउनीमा जिम्मेवारी सम्हालिसकेका छन् । राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हाल्ुनभएको थियो । भारतबाट एनडिसी कोर्स गर्नुभएका राणा उपरथी हुने लाईनमा समेत हुनुहुन्थ्यो । शान्ति सेना र सैनिक प्रहरीको गण कमाण्ड, हिजैमात्र जागिरबाट बर्खास्ती र जेलचलानको सजायँ पाएका कर्णेल भूपालमान अधिकारीले भ्रष्टाचारबाट करोडौं कमाएको भक्तपुरस्थित सैनिक बिध्यालय, सैनिक अस्पताल छाउनीलगायतमा मुख्य जिम्मेवारी सम्हाल्नु भएको थियो ।