जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार २१:२८

पहिलो कार्यकालमा पारबहन संझौता, दोस्रो कार्यकाल नेपालको सामान बोकेर गुड्यो चिनियाँ रेल


काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामबाटै परिणाम दिनुभएको छ । संबिधानसभाबाट नेपालको संबिधान जारी भएपछि सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कहिल्यै नाकावन्दीमा नपर्ने गरी चीनसँग पारबहन संझौता भएको थियो । दुई बर्षअघि निर्वाचनमार्फत झण्डै दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्व गर्नुभएको ओलीको यो दोस्रो कार्यकालमा चीनबाट काठमाडौंसम्म कार्गाे रेल सेवा सुरु भएको छ ।

चीनको सिन्जियानबाट ८ दिनमा काठमाडौं सामान आईपुग्ने गरी कार्गो रेल सेवा सुरु भएको चिनिया सञ्चार माध्यमले जनाएका छन । चिनियाँ समाचार एजेन्सीका अनुसार अव रेलबाट सिगात्से र त्यहाँबाट ट्रकमा केरुङ हुँदै काठमाडौंसम्म सामान आउनेछ । चीनबाट कार्गाे रेल शुक्रवार सिगात्सेतर्फ हिडेको हो । यो घटनासँगै प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा पारवहन सम्झौता भयो भने दोस्रो कार्यकालमा नेपालको सामान बोकेर रेल गुडेको छ ।

यो कामसँगै अव नेपाल कहिल्यै नाकावन्दीको सामना गर्न नपर्ने भएको छ । भारतले नाकावन्दी लगाए पनि अव चीनबाट सामान ल्याउने काम हुनेछ ।