जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ०७:२८

कञ्चनपुरमा क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु


 

धनगढी, १४ जेठ । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो। वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ।
अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिनुभयो ।